

| Friday Supplement ,Rising Nepal | ||||||
|
| चुकाउनी चाख्न दुना खोसाखोस |
|
काठमाडौँ, जेठ २९ गते । पाल्पाको चुकाउनी भन्नेबित्तिकै एकपटक मुख रसाउँछ । चुकाउनी खानका लागि पाल्पा जान नपाएर थकथकाउनेहरूले शनिबार भने काठमाडौँमै चुकाउनीको स्वाद लिएका छन् । उसिनेको आलुमा दही मिसाएर बनाइने पाल्पाको मौलिक परिकार चुकाउनीको स्वाद सभामुख सुवास नेम्वाङले समेत लिनुभयो । सभामुखले मिठो मानेर चुकाउनीको स्वाद लिइरहँदा महोत्सवका अधिकांश सहभागी निकै हषिर्त मुद्रामा सभामुख नेम्वाङसँग फोटो खिचाउन तँछाडमछाड नै गरे । पाल्पा घर भएर राजधानीमा बसोबास गर्दै आएका स्वदेशी तथा विदेशी पर्यटकसमेत चुकाउनीको स्वाद लिन काठमाडौँको नेपाल प्रज्ञाप्रतिष्ठानमा भेला भएका थिए । पाल्पालीलाई मात्र नभएर काठमाडौँवासीलाई समेत चुकाउनीको स्वाद चखाई पाल्पा पुर्याएर आन्तरिक पर्यटनको समेत प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार आयोजना गरिएको चुकाउनी महोत्सवमा यो परिकार चाख्नका लागि स्वदेशीमात्र नभएर विदेशीहरूसमेत पुगेका थिए । एक हजार लिटर दहीको चुकाउनी एउटै भाँडामा तयार पारेर स्वदेशी तथा विदेशी पर्यटकलाई महोत्सवमा ख्वाइएको थियो । चुकाउनी चाख्न दुनामा राख्न नपाउँदै खोसाखोस गर्दै थिए पर्यटक । सभामुख नेम्वाङले चुकाउनीको स्वाद लिन पाउँदा निकै खुसी लागेको बताउनुभयो । व्यस्त जीवन र घरगृहस्थीका कारण पाल्पा जान नपाएकाहरूलाई चुकाउनीको अचार बनाउनसमेत सिकाइएको थियो । महोत्सवमा चुकाउनीका साथ पाल्पाली ढाका टोपी, करुवा र अर्गानिक कफी अर्को आकर्षण बनेको थियो । ढाका टोपी र करुवा खरिद गर्नेहरू महोत्सवमा धेरै भेटिन्थे । गर्वका साथ पाल्पाली टोपी लगाउनुभएका सभासद् विनोद पहाडीले महोत्सव अवधिभर सो टोपी लगाइरहने जनाउनुभयो । बद्री पंगेनी, अर्जुन न्यौपाने, नवीन पौडेललगायत पाल्पाली कलाकारका गीत सुन्दै हाँसको छोइला, बटुक, सेलरोटीलगायतका परिकारको स्वादले लठ््ठै पारेको काठमाडौँका उपेन्द्र वनले बताउनुभयो । महोत्सवमा पाल्पाका पर्यटकीय रूपले महìवपूर्ण स्थानहरूको पनि फोटो राखिएको थियो । पर्यटन वर्ष २०११ मा बढीभन्दा बढी पर्यटकलाई पाल्पा पुर्याउने उद्देश्यका साथ सुरु भएको सो महोत्सव वाषिर्क रूपमै गर्ने योजना बनाइरहेको पनि सो अवसरमा जानकारी दिइयो । चुकाउनीको स्वाद लिनुभन्दा अगाडि महोत्सवमा सभामुख नेम्वाङले केही राजनीतिक कुरा पनि गर्नुभयो । उहाँले अहलेको प्रमुख कार्य भनेको संविधान निर्माण र शान्तिप्रक्रिलाई निष्कर्षमा पुर्याउनु रहेकाले सहमतिलाई जोड दिनसमेत सभामुख नेम्वाङले दलहरूलाई आग्रह गर्नुभयो । सो अवसरमा मुख्य सचिव माधव घिमिरेका साथै विभिन्न दलका सभासद्को पनि उपस्थिति थियो । |
पाल्पा, जेष्ठ ५ - 'मित्यालबाट नवलपरासी अरुणखोला मोटरबाटो जोड्न मित्याल महोत्सव गरौं, म अहिल्यै नगद ५ लाख ५५ हजार घोषणा गर्छु । महोत्सव सफल भएन भने पनि १ करोड २५ लाखसम्म खर्च गर्न तयार छु ।'
गत फागुनमा मित्यालमा महोत्सव गर्न आयोजित स्थानीयबीच रामपुर- ५ का लक्ष्मी ज्ञवालीले भनेका शब्द थिए । झट्ट सुन्दा अपत्यारिलो लाग्ने तर यस्तै भयो यहाँ ।
ज्ञवालीको १ करोड ६ लाख खर्चमा रामपुर- मित्याल- अरुणखोला (नवलपरासी) जोड्ने २६ किलोमिटर मोटरबाटो निर्माण भएको छ ।
बाटो बनेपछि सदरमुकामदेखि ७५ किलोमिटर टाढा दुर्गमका स्थानीय दंग छन् । यस भेगका गाविसवासीको वषौर्ंदेखिको सपना थियो, उत्तरदक्षिण जोड्ने मोटरबाटो निर्माण । त्यो पूरा गरिदिए, मोडल टाउन प्लानिङ रामपुरका सञ्चालक ४२ वर्षीय लक्ष्मी ज्ञवालीले । 'विश्वासै थिएन, यसरी मोटरबाटो खन्लान् भनेर,' स्थानीय मनप्रसाद सोतीले भने, 'जेहोस् मोटरबाटो बन्यो । यस भेगकै लागि खुसीको कुरा हो ।'
यो मोटरबाटो निर्माणले पूर्वी पाल्पाको १२ भन्दा बढी गाविसवासीलाई फाइदा पुगेको स्थानीय न्यौबहादुर सुनारीले बताए । 'वषौर्ंदेखि सडक डिभिजन र जिविसले लगानी गर्दै आए पनि मित्याल गाविस रुक्सेभन्ज्याङदेखि चिउरीबाससम्मको दुई किलोमिटर मात्रै खनिएको थियो,' स्थानीय कांग्रेस नेता मीनबहादुर थापाले भने, 'अहिले एकाएक बाटो खनियो, ज्ञवालीले स्थानीय राजनीतिक दलसँग समन्वय गरेको भए मोटरबाटो निर्माण अझ प्रभावकारी हुने थियो ।' अरुणखोला मोटरबाटो जाने स्थल नवलपरासीको द्वारद्वा र पाल्पाको लामेदमारमा ज्ञवाली मूल आयोजक रहेको महोत्सवबाट बचेको ३ लाख ५० हजार र स्थानीयको १६ लाखको श्रमदान लगानी पनि यो बाटोमा परेको छ ।
पहाडी जिल्ला पाल्पाको पूर्वक्षेत्र मित्याल र तराईको महेन्द्र राजमार्गको अरुणखोलालाई यो मोटरबाटोले जोडेको छ । 'सार्वजनिक विकासमा जीवनमै ठूलो चन्दा र सहयोग हो यो मेरो,' ज्ञवालीले भने, 'पैसा मात्र ठूलो कुरो होइन, सबको सहयोगले काम सफल भएको छ, धेरै खुसी छु ।'
फागुनबाटै उनले २५ जना कामदारलाई बाटो खन्न लगाएका थिए । चैतको सुरुदेखि डोजर लगाएर खनाएको गाविस सचिव विष्णुप्रसाद ढकालले बताए ।
यही बाटोका लागि नवलपरासी र पाल्पाबाट १८ लाख सडक डिभिजनमार्फत विनियोजन भएको थियो । दुई किलोमिटर सडक बनाउन सडक डिभिजन र जिविसले ६० लाख बढी खर्च गरेको छ । यस वर्ष विनियोजित रकम नवलपरासीको काँकाचुली कुडापानी मोटरबाटोलाई दिन ज्ञवालीले अनुरोध गरे । सडक डिभिजन पाल्पाका प्रमुख बुद्धिबहादुर गुरुङले कसले मोटरबाटो खनेको भन्नेबारे औपचारिक जानकारी नगराइएको गुनासो गरे । '९ लाख रुपैयाँ स्ट्रक्चर कामका लागि विनियोजन गरिएको थियो,' उनले भने ।
पूर्वको मित्याल, झिरुबास, सहलकोट, गल्धा, ज्यामिरे गाविसका बासिन्दा पाँच घन्टा पैदल हिँडेर महेन्द्र राजमार्गको अरुणखोलासम्म सामान बिक्री गर्न र बजार गर्न बाध्य थिए ।
ज्ञवालीले रामपुरमा आयोजित धनधान्याञ्चलमा तालपोखरी निर्माण गर्न ५ लाख ५५ हजार, कालीगण्डकी आँखा अस्पतालका लागि १ लाख ११ हजार र रामपुर महोत्सव तथा कृषि मेला प्रदर्शनी सफल पार्न १ लाख ५१ हजार पनि सहयोग गरेका छन् ।
आज अनुगमन
यो मोटरबाटोको जिल्लास्तरीय सर्वदलीय संयन्त्रले बुधबार अनुगमन गर्दैछ । सबै दल, सञ्चारकर्मी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायको टोली अनुगमनमा सहभागी हुँदैछन् ।
************************************************************************************************************************वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठले मुलुकको अन्य भागमा समेत बेलाबेलामा विद्यार्थीहरूमा यस्तै खालको अनौठो व्यवहार अर्थात् 'मास हिस्टेरिया' देखिने गरिएको जनाए । उनले यस अघिसमेत मुलुकमा बेलाबेलामा किशोरावस्थाका बालबालिकाहरूमा यस्ता समस्या बढी देखिएको उल्लेख गरेका छन् ।
गएका वर्षहरूमा मुलुकका विभिन्न स्कुलमा मुख्यतः छात्राहरू जोडले रुँदै कराउँदै बेहोस हुने समस्यासमेत देखिने गरिएको
थियो । यस्ता अनौठो घटनाले केही दिनका लागि स्कुलसमेत बन्द हुने स्थिति आएको थियो । यस्तो घटनाबारे विभिन्न प्रकारको हल्लासमेत फैलिने गरेको छ । केही व्यक्ति यसलाई नराम्रो आत्मा तथा 'पराशक्ति'को प्रभावसमेत मान्छन् ।
हिस्टेरिया रोगीलाई बेहोसीको एट्याकमात्र हुँदैन, अर्को लक्षणसमेत देखिने गरिन्छ । जस्तै हिस्टेरियाको एट्याक हुँदा केही समयसम्म देख्ने र सुन्ने बन्द हुन्छ, मुखबाट आवाज निस्कँदैन, हात र खुट्टा काम्नु, शरीरको कुनै खण्ड संवेदनहीन हुनुजस्तो पक्षाघातमा हुन्छ ।
'केही वर्षअघि सुर्खेत, झापा, धादिङ, कास्कीलगायतका विद्यार्थीहरूमा समेत मास हिस्टेरिया देखिएको थियो', डा.श्रेष्ठले भने । उनले यो हुनुको मुख्य कारण मानसिक समस्या रहेको जनाए ।
हिस्टेरिया एकै पटक एउटा समूहमा देखिए पछि यसलाई सामूहिक (मास) हिस्टेरिया भनिन्छ । हिस्टेरिया 'न्युरोसिस' कै एउटा किसिम हो । यसैले यसलाई मानसिक रोग भनिन्छ । हिस्टेरिया कम कडा प्रकारको मानसिक रोगको समूहमा पर्ने एक प्रकारको रोग हो ।
पहिले यो रोग यौनसम्बद्ध छ र यो युवतीलाई मात्र हुन्छ भन्ने जनधारणा थियो । अनुसन्धानले यो समस्याको यौनसँग सोझो सम्बन्ध नभएको प्रमाणित गरेको डा. श्रेष्ठ बताउँछन् ।
मनोचिकित्सकहरूको अनुसार हिस्टेरियाको सम्बन्ध यौन एवं विवाहसँग नभई मानसिक तनावसँग हुन्छ । चिकित्सा तथ्य पत्रअनुसार यौन भावनालाई दबाउनाले हिस्टेरिया हुनसक्ने मान्यतापूर्ण सही भने होइन । विज्ञहरूका अनुसार मान्न सकिन्छ कि यौन एउटा दबाब हुन सक्छ तर धेरै दबाबहरूमध्येको एउटा । यसै कारण हिस्टेरियाका रोगीहरूलाई गलत सम्भिmने गरिएको छ जसले गर्दा उनीहरूलाई मानसिक रूपमा निकैै समस्या खप्नुपर्छ । अनि रोग निको हुनुसट्टा अझ बढ्न सक्छ ।
तर हिस्टेरिया रोगमा रोगीको मनमा कुनै सुप्त अर्थात् दबेको इच्छा रहन सक्छ जसलाई नत रोगी कसैलाई बताउन सक्छ नत दबाउन नै सक्छ ।
यदि बच्चालाई आफ्ना आमाबुवासँग कुनै गुनासो छ भने न त ऊ आमाबुवासँग बोलेर कुरा मनाउन सक्छ न उनीहरूसँग केही भन्न नै सक्छ । तर ऊ यो कुराको दबाबमा आएर हिस्टेरिया रोगको शिकार हुन सक्छ ।
यस्तै पतिपत्नीको एक-आपसमा सहमत हुँदैन भने न त महिलाले समाजको कारण पतिलाई छोड्न सक्छे नत उसलाई केही भन्न सक्छे यसैले ऊ मनमनै गुम्सिँदै हिस्टेरियाको शिकार हुन सक्छे । जहाँ बिमारीको वहानामा उसको बेचैन मनले एकातर्फ त उसले पतिसँग बदला लिन्छ । अर्कोतर्फ आफूलाई राहतसमेत पाएको अनुभव हुन्छ ।
डा. श्रेष्ठका अनुसार हिस्टेरियाको मानसिक तनावसँग सोझो सम्बन्ध छ । यसमा छोप्ने, बेहोस हुने, लामो-लामो सास फेर्ने, बोली बन्द हुने, चिच्याउने, देवी देउता चढेझैं काम्ने आदि लक्षण देखिन्छ । यस्तै लक्षण एउटा समूहमा देखिन थालिएपछि यसलाई एकै पटक समूहमा देखिएको हिस्टेरिया अर्थात् 'मास हिस्टेरिया' भनिन्छ । यसमा छोप्न छाडेपछि बिरामी पूरै ठीक देखिन्छ र आफ्नो रोगप्रति वास्ता नगरेको जस्तो लाग्छ । 'सबै उमेर समूह, लिंगमा देखिने भए पनि बालिकाहरूमा यो बढी देखिन्छ,' डा. श्रेष्ठ भन्छन्, 'मन कमजोर हुने भएकाले धेरैजसो केटीहरूमै देखिने गरिएको छ ।
यो रोग प्रायः कमजोर मन भएका अरूप्रति निर्भर हुने आफ्नो प्रशंसा होस् भन्ने चाहना राख्ने अपरिपक्व व्यक्तित्व भएको व्यक्तिलाई हुन्छ । मनोचिकित्सकहरूले मास हिस्टेरिया प्रभावित बालिकाहरूलाई अलग्याउन स्कुल बन्द गर्नु उपचारअन्तर्गतको राम्रो प्रयास रहेको बताउँछन् ।
'भय, डर र त्रास हटाउन विद्यार्थी, अभिभावकलगायत शिक्षकहरूलाई समेत परामर्श दिनुपर्छ,' डा. श्रेष्ठ भन्छन्, 'बालिकाहरूलाई उपचार भइरहेको अनुभव गराउन कुनै अर्थ नराखेको भिटामिनजस्तो औषधि 'प्लेसेवो'को रूपमा दिनुपर्छ ।'